images

विराटनगरका युवा भगतले वृद्धाश्रममा मनाए जन्मदिन

प्रकाशित |
messi

विराटनगर । आफ्नो जन्मदिनको अवसर पारेर विराटनगरका एक युवाले वृद्धाश्रममा जन्मदिन मनाएको छ ।  विराटनगर  महानगरपालिका वडा नम्बर ७ बस्ने वर्ष १९  का युवा धनन्जय भगतले आफ्नो जन्मदिनको उपलक्ष्यमा विराटनगर अशोक चौक स्थित विराटेश्वर वृद्धाश्रममा जन्मदिन मनाएको हो ।
युवा भगतले सो वृद्धाश्रममा रहेका १० जनाभन्दा बढी वृद्धवृद्धाहरुलाई विभिन्न खाद्दान्न तथा फलफूल वितरण गरेका थिए ।
भगतले वृद्धाश्रममा विभिन्न खाद्यान्न सामग्री ,पानी  लगायतको सामग्री सहयोग गरेका थिए । 

भगतले आफ्नो जन्मदिनको दिन बृदाश्रममा रहेका बुवाआमाहरुसँग आफ्नो खुसी बाढ्न पाउँदा खुसी भएको बताए । भगतले अब प्रत्येक वर्ष यसरी नै बृदाश्रममा जन्म दिन मनाउने प्रतिबद्धता व्यक्त गरे । उनले सहयोग गर्नुका साथै केही समय बुवाआमाहरु सँग बिताउन पाउँदा धेरै कुरा बुझ्न पाएको उल्लेख गरे । 

खाद्यान्न सहयोग हस्तान्तरणपछि जेष्ठ नागरिकहरुले सहयोग गर्ने भगतलाइ  जन्मदिनको शुुभकामना व्यक्त गर्दै धन्यावाद ज्ञापन गरेका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर