images

मधुमेह दिवसको अवसरमा विराटनगर आँखा अस्पतालद्धारा जनचेतनामूलक

प्रकाशित |
messi

विराटनगर । विश्व मधुमेह दिवसको दिनलाइ  विराटनगर आँखा अस्पतालले विशेष कार्यक्रम गरि मनाएको छ । 
विराटनगर स्थित विराटनगर आँखा अस्पताल तथा यस अन्तर्गत सञ्चालित आँखा उपचार केन्द्रहरुले विश्व मधुमेह दिवसको अवसरमा निःशुल्क मधुमेह जाँच शिविर, जनचेतनामूलक रैली, सप्ताहव्यापी जनचेतनामूलक स्टाँल, साथै अस्पतालमा आएका रोगी तथा तिनका कुरुवाहरुलाई मधुमेह र यसका असर सम्बन्धमा अन्तक्रिया कार्यक्रम गरि सो दिवस मनाएको हो ।  

यस वर्षको अन्तराष्ट्रिय नारा मधुमेहले गर्दा परिवारलाई हुने क्षतिवाट बचौं तथा बचाऔंको नारालाई अभिमूत गर्दै विभिन्न काँलेजमा पनि अन्तक्रियात्मक कार्यक्रमको आयोजना गरिएको अस्पताल प्रशासनले जनाएको छ ।  

मधुमेहका रोग भएका व्यक्तिहरुले खानामा विशेष ध्यान पुर्याउनु पर्ने जानकारहरुले बताए । जानकारहरुका अनुसार मधुमेह भएका व्यक्तिले नियमित व्यायाम गर्नु पर्ने हुन्छ जसले  तौल घटाउन सहयोग गर्नुका साथै इन्सुलिनको तीब्रता वृद्धि गर्छ । नियमित व्यायामले मांसपेशीलाई उर्जावान वनाउन ब्लड सुगरको उपयोग गर्न सहयोग गर्छ । तौल उचाल्ने, दौडने, नाच्ने, साइकलिङ्ग, स्विमिङ्ग जस्ता व्यायामले मधुमेह घटाउने रेटिना विशेषज्ञ डा. ललित अग्रवालले बताए । 

मधुमेह तथा उच्च रक्तचाप भएको व्यक्तिको आँखा पर्दामा विस्तारै रगत जम्मा हुने गर्दछ  जसले रगतको प्रवाहलाई न्यूनीकरण गर्दै जाने डाक्टर अग्रवालले बताए  । उनले यस्ता व्यक्तिहरुले हरेक छ–छ महिनामा नियमित रुपमा आँखा जाँच गराउनु पर्ने सल्लाह दिए । 

मधुमेह तथा उच्च रक्तचाप भएको व्यक्तिमा मोतियाविन्दु हुने सम्भावना पनि बढी हुने गरेको जानकारहरु को दाबी छ ।
अहिलेको समयमा मधुमेह न्यूनीकरणको लागि बढी भन्दा बढी जनचेतना आवश्यक रहेको देखिन्छ । मानिसहरुले सन्तुलित खानपान, व्यायाम, स्ट्रेसलाई न्यूनीकरण गरेर  सुगरलाई नियन्त्रण गर्न सके यो रोग कम हुने देखिन्छ ।   

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर