images

मन्त्री फेरबदल गर्ने नेकपाले दियो प्रधानमन्त्रीलाई अनुमति

प्रकाशित |
messi

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिपरिषद् पुनर्गठनको अधिकार दिएको छ । आज बसेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई मन्त्रिपरिषद् पुनर्गठन र मन्त्रीको हेरफेर गर्ने अधिकार दिएको हो । लामो समयदेखि मन्त्री हेरफेरको तयारी गरिरहेका प्रधानमन्त्रीले यो अनुमतिसँगै भोलि या पर्सि नै फेरबदलको टुंगो लगाउने बताइएको छ ।

यसैगरी, बैठकले नेकपा प्रवास समन्वय कमिटीको इन्चार्जमा विन्दा पाण्डेलाई चयन गरेको छ । कमिटीको अध्यक्षमा युवराज चौलागाईं र सचिवमा श्रीप्रसाद साह चयन भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर